
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल जारी छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत प्राप्त गरेपछि चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका थिए । त्यसैबीच शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij