
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । सत्ता साझेदार दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ४ बजे सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका हुन् ।
सरकारमा सहभागिता हुने विषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार छलफल गरेका थिए । प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताएको छ ।
साथै प्रहरी महानिरीक्षक अब कसलाई बनाउने भन्ने विषयमा समेत प्रचण्ड र देउवाबीच संवाद चल्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij