Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ। वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
मुख्यतः बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका हुन।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ। सो बारेमा पनि छलफल हुने बताइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij