
Apr 02 2025 | २०८१, चैत २० गते
भारतको मुम्बई प्रहरीले नायक सलमान खानको सुरक्षा बढाएको छ । लरेन्स बिश्नोई र गोल्डी ब्रारबाट धम्कीपूर्ण मेल प्राप्त भएपछि सलमानको बान्द्रास्थित घरमा सुरक्षा बढाइएको हो ।
मुम्बई प्रहरीले सलमानको बान्द्रा ग्यालेक्सी अपार्टमेन्ट बाहिर अस्थायी प्रहरी चौकी नै स्थापना गरेको छ । यसमा दुई जना सहायक प्रहरी निरीक्षक (एपीआई) र ८–१० हवल्दार २४ घण्टा खटिनेछन् ।
प्रहरी सुरक्षा बढाइएपछि सलमानको घरनजिक उनका फ्यानहरूसमेत जान पाएका छैनन् । सलमानसँग पहिले नै वाई श्रेणीको सुरक्षा छ । उनी बुलेट प्रूफ गाडीमा मात्रै घर बाहिर निस्कन्छन्, जसमा उनका निजी गार्डहरू पनि बस्छन् ।
यसैबीच प्रहरीले उनलाई सेड्यूल परिवर्तन गर्न सुझाव दिएको छ । प्रहरीले प्रशान्त गुञ्जालकरको उजुरीका आधारमा लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित ब्रारविरुद्ध एफआईआर दर्ता गरेको छ । साथै, प्रहरीले सलमानलाई कुनै पनि आउटडोर सुटिङ वा कुनै प्रमोसनल कार्यक्रममा सहभागी हुन निषेध गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij