Apr 09 2025 | २०८१, चैत २७ गते
ललितपुर । ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरुलाई सीप विकास तालिम दिन सुरु गरेको छ । महानगरले कैदीबन्दीहरुमा सीप विकास गरेर उनीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिम दिन सुरु गरेको छ ।
पहिलो चरणमा कारागारमा रहेका बन्दी मध्ये ६० जनाले बेकरी, फर्निचर र इलेक्ट्रिकसम्बन्धी तालिम लिदैंछन् । जसमा फर्निचरसम्बन्धी तालिम ३ महिना, बेकरीसम्बन्धी एक महिना र इलेक्ट्रिक तालिम तीन महिनाको हुने महानगरले जनाएको छ ।
तालिम उद्घाटन गर्दै महानगरप्रमुख चिरीबाबु महर्जनले नख्खु कारागारमा रहेका सबैलाई चरणबद्ध रुपमा महानगरले तालिम दिने बताए । विगत, वर्तमान र भविष्यको लागि जीवनलाई जोड्न तालिम अत्यावश्यक भएको ललितपुर प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij