
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहायप्रसाद यादवले पार्टीबाट दिएको राजीनामा जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वीकृत गरेको छ ।
सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता मनिषकुमार सुमनले राजीनामा स्वीकृत भएको जनाएका छन् । स्वतन्त्र भूमिका हुने पदमा निर्वाचित भएपछि पार्टीबाट राजीनामा दिने परम्पराअनुसार यादवले राजीनामा दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij