
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ सोमबार हुने भएको छ । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो । प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिको कार्यालयले आजका लागि शपथ ग्रहण तय गरेको हो ।
प्रतिवेदन बुझाएपछि भोलि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij