
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद रहेका छन् ।यसअघि राप्रपाले गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो ।
गत फागुन १३ गते राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद प्रतिपक्षी लहरमा बसेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij