
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।
सोही क्रममा राष्ट्रपतिले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताए । सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई उनले धन्यवादसमेत व्यक्त गरे । यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै प्रमुख आयुक्त थपलियाले उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए ।
त्यसक्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडी उपस्थित थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij