
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बिहान ११ बजे काठमाडौँको वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबारे रणनीति बनाउन संयुक्त बैठक बस्न लागेको उनको भनाइ छ । सरकारबाट माघ २२ गते बाहिरिएको रास्वापाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij