
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौंं । स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij