Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

फुटबलमा इन्टर मिलानको फराकिलो जित

फुटबलमा इन्टर मिलानको फराकिलो जित

  • काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा लाउटरो मार्टिनेजले ह्याट्रिक गरेपछि इन्टरले क्रोटोनलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । सुरुवाती अग्रता भने क्रोटोनले बनाएको थियो ।

    images
    images
    images

    खेलको १२ औं मिनेटमा निकोलो जानेलाटोले गोल गर्दै क्रोटोनलाई अग्रता दिलाएका थिए । तर, २० औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ३१ औं मिनेटमा लुका मोर्रोनेले आत्मघाती गोल गरेपछि इन्टरले २–१ को अग्रता बनायो ।

    लगत्तै ३६ औं मिनेटमा क्रोटोनका भाल्दमिर गोलेमिकले पेनाल्टीमा गोल गर्दा खेल २–२ को बराबरीमा पुग्यो । दोस्रो हाफमा भने इन्टरले लगातार गोल गर्यो । ५७ औं मिनेटमा मार्टिनेजले, ६४ औं मिनेटमा रोमेलु लुकाकुले गोल गरे । ७८ औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पुरा गर्दा इन्टर ५–२ ले अघि रह्यो । त्यसपछि खेलको ८७ औं मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै इन्टरलाई ६–२ को जित दिलाए । जितसँगै इन्टर १५ खेलमा ३६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ भने क्रोटोन ९ अंकसहित तालिकाको पुछारमा छ । एजेन्सी

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij