
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्यका लागि मञ्जु अन्सारीलाई सिफारिस गरेको छ ।
पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसापका सांसद सहनाज रहमानको गत फागुन १३ गते निधन भएपछि एक सांसद पद रिक्त थियो । सोही रिक्त स्थान पदपूर्तिका लागि सप्तरी निवासी अन्सारीलाई सिफारिस गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij