Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ललितपुर महानगरले ल्यायो स्काई लिफ्टिङ

ललितपुर महानगरले ल्यायो स्काई लिफ्टिङ

  • ललितपुर । ललितपुर महानगरपालिकाले स्काई लिफ्टिङ ल्याएको छ । महानगरका अनुसार बिरुवाको हाँगा काट्न (ट्रिमिङ गर्न), स्मार्ट सडक बत्ती सरसफाई गर्न र नयाँ जडान गर्न, अव्यवस्थित तार काट्न, होडिङ बोर्ड निकाल्न स्काई लिफ्टिङको प्रयोग गरिनेछ । 

    images
    images
    images

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले स्काई लिफ्टिङ बहुउपयोगी भएको बताउनुभएको छ । सजिलो र सुरक्षित ढंगबाट काम गर्न यो साधन निकै उपयोगी हुने प्रमुख महर्जनले दाबी गर्नुभयो । 

    यसअघि महानगरले बिरुवालाई नुहाइदिन विशेष किसिमको पानी ट्याङ्कर खरिद गरेको थियो । हिउँदमा आकाशबाट पानी नपर्दा धुलाम्य भएका बिरुवा यो ट्याङ्करबाट पानी हाल्दा सुकिला र चिल्ला देखिन्छन् । 

    महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सहरलाई सुन्दर र सफा बनाउनका लागि यो साधन उपयोगी हुने बताउनुभयो । सवारीसाधनमा जडित यो स्काई लिफ्टिङ सवारी चालकको कन्ट्रोलमा रहन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij