Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

  • काठमाडौँ ।  उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ ।  गए राति १२ बजेदेखि मौन अवधि लागू भएको निर्वाचन आयोगले जनाएको छ ।
     
    मौन अवधिमा उम्मेदवारहरूले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिको चयनका लागि चैत ३ गते मतदान हुँदैछ । चुनावमा संघीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातवटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ ।
     
    उपराष्ट्रपतिका उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । रामसहायलाई समर्थन गर्दै प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij