
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । आइतबार उनले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई राजीनामा पत्र बुझाएका हुन् ।
गत बिहीबार फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएसँगै प्रतिनिधि सभा सदस्यको पद स्वत: रिक्त हुने जानकारी उनले गराएका थिए । उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
आइतबार उनले नेपाली कांग्रेसबाट पनि राजीनामा दिएका थिए । उनले राष्ट्रपति भवन शीतल निवासमा सोमबार दिउँसो १ बजे शपथ ग्रहण गर्दैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij