
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।
रामसहाय यादवलाई समर्थन गर्दै सोमवार यादवले उम्मेदवारी फिर्ता लिएकी हुन् । एक विज्ञप्ति जारी गरि उनले उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् ।
उनले स्वच्छ छवि र उच्च विचारका राम सहायलाई समर्थन गरेको जनाउँदै उनलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेको सो विज्ञप्तिमा उल्लेख छ । आफ्नो उम्मेदवारी प्राविधिक रुपमा हुन गएको भन्दै रामसहाय यादवलाई समर्थन गरेको उनले स्पष्ट पारेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij