
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा आयोजित समारोहमा आचार्यलाई आज पार्टी प्रवेश गराएका हुन् ।
आचार्य राप्रपा नेपालमा प्रवक्तासहित कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए । उनले राजनीति, सामाजिक लगायतका विभिन्न विषयमा पुस्तकसमेत प्रकाशन गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij