
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौँ । बन्द गरिएका सामाजिक सञ्जाल खोलिएको छ ।
सरकारले औपचारिक निर्णयको जानकारी नदिए पनि इन्टरनेट प्रदायक कम्पनीहरुले बन्द गरेका सामाजिक सञ्जाल सुचारु गरेका हुन् ।
सरकारको कम्पनी नेपाल टेलिकमले पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरेको छ भने देशको सबैभन्दा ठुलो इन्टरनेट प्रदायक कम्पनी वर्डलिंकबाट पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरिएको छ ।
सरकारले दर्ता नभएको भन्दै गत विहिबारदेखि २६ सामाजिक सञ्जाल निष्क्रिय पारिदिएको थियो । सोमबार देशभर जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सरकार ब्याकफुटमा आएर समाजिक सञ्जाल बन्द गर्ने आफ्नो निर्णयबाट पछि हटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij