
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथ लिने भएका छन् । सोमबार दिउँसो १ बजे राष्ट्रपति कार्यालयले शपथका लागि विशेष समारोह आयोजना गर्ने भएको छ ।
प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्थाअनुसार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् ।पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने आज सकिँदैछ। उनी निजी निवास बूढानिलकण्ठ सर्ने तयारीमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij