
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
नाउपाका संसदीय दल प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको हो । गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा श्रेष्ठ कैलाली–१ बाट निर्वाचित भएकी थिइन् । नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ ।
जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । २९ फागुनमा उपराष्ट्रपतिको मनोनयन दर्ता हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij