
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा हुने भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहीबार हेर्न नभ्याएपछि आज फेरि पेसी तोकिएको हो ।
उक्त रिट न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा परेको छ । काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले द्वन्द्वमा मारिएकाका आफन्तले उनीविरुद्ध फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित दुईवटा रिट दर्ता गराएका छन् ।
रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले प्रचण्डविरुद्ध मुद्दा दायर गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij