Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक, आशा लघुवित्त र साना किसान लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।
यस दिन नेप्सेले साल्ट ट्रेडिङ्गको १० प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत, आशा लघुवित्तको १४.२८५७ प्रतिशत र साना किसन विकास लघुवित्तको २६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात साल्ट ट्रेडिङ्गको शेयरमूल्य ३ हजार ९४० रुपैयाँ ९१ पैसा, सांग्रिलाको ३११ रुपैयाँ ४२ पैसा, आशा लघुवित्तको ७५२ रुपैयाँ ५० पैसा र साना किसानको ८८८ रुपैयाँ १० पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार साल्ट ट्रेडिङ्गको शेयर प्रतिकित्ता ४ हजार ३३५ रुपैयाँ, सांग्रिलाको ३३८ रुपैयाँ, आशा लघुवित्तको ८६० रुपैयाँ र साना किसान विकासको १ हजार ११९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij