
Apr 11 2025 | २०८१, चैत २९ गते
ललितपुर । सहकारीमा बढ्दो संकटले सहकारी संचालकहरु आत्तिएका छन् । सक्कली पेशामा नक्कली संचालकहरुको हालीमुहाली हुँदा सहकारीकर्मीहरु आत्तिएका हुन् । यतिखेर सहकारी संचालक सम्पर्कविहिन हुनु र सहकारी संस्थामा ताला लाग्दा निक्षेपकर्ताहरु अतालिएका छन् । ‘धेरै सहकारीहरुमा आन्तरिक समस्या देखिएको छ ।’ एक सहकारी अभियन्ताले भने, ‘यसलाई रोक्न कठिन हुँदैछ ।’
यसैबीच, ललितपुरमा पनि सहकारी संस्थाहरुको अवस्था बिग्रिदैँ गईरहेको छ । चर्चित सहकारीहरु एकएक गरेर डुब्दै गएपछि पुराना सहकारीहरुमा पनि निक्षेप फिर्ता लिनेको भीड बढेको छ । सहकारीमा जम्मा भएको निक्षेपलाई संचालकले आफू मनपरि प्रयोग गरेको पाइयो । एक सहकारी विज्ञले भने, ‘चार÷पाँच यस्ता घटनाले सहकारीहरुमा संकट आएको हो ।’
ललितपुर प्रहरी परिसरको एउटा विशेष टोलीले सहकारी संस्थाहरुको अवस्था बुझिरहेको बताइएको छ । टोलीमा सक्रिय प्रहरी स्रोतले अनलाइन पत्रिकालाई भने, ‘हामी दर्जनौं सहकारीहरुको अपडेट लिइसकेका छौं, ललितपुरका चर्चित र पुराना सहकारीपनि धरापमा पर्दैछ ।’
सहकारीमा संकट बढ्दै गएपछि ललितपुरका प्रमुख जिल्ला अधिकारीपनि तात्तिएका छन् । ललितपुर सीडिओ जय नारायण आचार्यले सहकारीका सम्बन्धमा सुझाव लिन आकस्मिक बैठक बोलाएका थिए । बैठकमा ललितपुरमा सहकारीकर्मी र सहकारी अभियन्ताहरु भेला भए । बैठकमा सहकारीका संचालक फरार भएपछि निक्षेपकर्ताको पैसा कसले फिर्ता दिने र कसरी फिर्ता गराउने भन्ने विषयमा निकै बहस भयो । सीडिओ आचार्यले भने, ‘जग्गा जमिन जोडेका सहकारी साहुले जग्गा बेचेर तिर्ला, तर नहुने कसरी देला ?’
बैठकमा सहकारी अभियन्ताले पनि आवाज उठाउँदै भने, ‘निक्षेपको ८० प्रतिशत लगानी छ, कर्जा उठ्न सकेको छैन ।’ ती सहकारी अभियन्ताले ललितपुरका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई ध्यानाकर्षण गर्दै थपे, ‘ऋण नउठे कहाँ उजुरी दिने, कसले उजुरी लिन्छ ?’ सहकारीकर्मीले प्रश्न गरे, ‘यो समयमा ऋणीलाई दबाब दिने र थुन्न मिल्ने अवस्था छ ?’
ललितपुर प्रहरी परिसरको एउटा विशेष टोलीले सहकारी संस्थाहरुको अवस्था बुझिरहेको बताइएको छ । टोलीमा सक्रिय प्रहरी स्रोतले अनलाइन पत्रिकालाई भने, ‘हामी दर्जनौं सहकारीहरुको अपडेट लिइसकेका छौं, ललितपुरका चर्चित र पुराना सहकारीपनि धरापमा पर्दैछ ।’
यसैबीच, महानगरपालिकाको विशेष स्रोतका अनुसार ललितपुरका सहकारी पीडितले मेयर चिरीबाबु महर्जनसँग भेटेका छन् । मेयर महर्जनलाई निक्षेपकर्ताहरुको टोलीले आफूहरुको पैसा उठाईदिन गुहार समेत गरे । ललितपुरमा संचालित सहकारीको नामै किटेर यसबारे सहयोगी भईदिन आग्रह गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij