
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया नेपालमा रहेकी छन् । सामाजिक सञ्जालको ट्वीटर मार्फत उनले नेपालमा होली मनाउन आएको बताएकी छन् ।
होलीको बिदा मनाउन नेपाल आएकी तमन्नाले होलीको रङसहितको तस्बिर सार्वजनिक गर्दै 'हेप्पी होली फ्रम नेपाल' भनी लेखेकी छन् ।
तमन्नाले नेपालमा होली मनाएको तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेकी छन् । होलीको शुभकामना पनि उनले सबैलाई दिएकी छन् । नेपालको कुन ठाउँमा रहेको भन्ने उनले खुलाएकी छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij