Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पर्यटक आगमन नहुँदा होमस्टे सुनसान

पर्यटक आगमन नहुँदा होमस्टे सुनसान

  • रसुवा । कोभिड–१९ को असरले तामाङ सम्पदा मार्गमा सञ्चालित नेपालको दोस्रो बृद्विम होमस्टे (घरबास) सुनसान भएको छ । पर्यटन पेशाबाट आयवृद्धि गराई ग्रामीण गरिबी निवारण गर्ने उद्देश्यका साथ विसं २०५८ देखि बृद्विम क्षेत्रका २७ घरमा सञ्चालन गरिएको घरबास पछिल्लो समय पाउनाकोे आगमन कमी आएपछि सुनसान बन्दै गएको हो ।

    images
    images
    images

    बास बस्न आएका पाहुनालाई प्रदान गरिएको सेवाबाट प्राप्त आयले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९को समस्या उत्पन्न भएसँगै बृद्विम घरबास प्रभावित भएको सञ्चालक बताउँछन् ।

    बृद्विम क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान एवं तातोकपडा वितरण र एकीकृत शिविरको माध्यमबाट गोसाइँकुण्ड गाउँपालिकाले घरबास क्षेत्रका सबै नागरिकलाई दक्ष चिकित्सकद्वारा स्वास्थ्य परीक्षण समेत सम्पन्न भएको छ । यसपछि आगामी दिनमा पाहुँना आउने आशा पलाएको व्यवसायी बताउँछन् ।

    स्वास्थ्यमा दीर्घरोगबाहेक नयाँ नौलो रोगको लक्षण नभेटिएको स्वास्थ्य शिविरका अगुवा डा. दिपेन लामाले जानकारी दिए ।

    घरबास व्यवस्थापन समितिका अध्यक्ष नुर्पु तामाङले गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा कोरोनाको समस्या नदेखिको हुँदा पाहुँनालाई प्रदान गरिँदै आएका सेवा दिन यहाँका व्यवसायी तयार रहेको जानकारी दिए । उनले बृद्विम क्षेत्रको भ्रमण गरिदिन आग्रह समेत गरेका छन् ।

    गोसाइँकुण्ड –३ मा पर्ने बृद्विम गाउँ जान स्याफ्रुबेँसीबाट करिब तीन घण्टाको पैदल दूरीको उकाली पार गर्दासाथ पुग्न सकिन्छ । पछिल्लो समय मोटरबाटो ट्र्याकसमेत खुलिसकेको छ । घरबासमा आएका पाहुँनालाई स्थानीयस्तरमा उत्पादित मकै, कोदो, जौ, आलु , सागसब्जी, जस्ता अर्गानिक कृषि उपजबाट तयार गरिएका खानाको परिकार भोजन गराउँदै आइएको छ ।

    घरबासमा बास बस्न जानेलाई गाउँको सिरानमा अवस्थित बौद्यगुम्बाकोे प्राङ्गढमा भेला गराई स्थानीय वेषभूषाबाट सुुशोचित समूहले पहिलो स्वागत गर्ने र ती पाहुँना कुनकुन घरमा राख्ने समितिले तोकेपछि पाउनालाई बासस्थानमा लाने चलन रहेको छ । बृद्विम क्षेत्रमा धानखेती नहुने भएकाले भातका लागि चाहिने चामल भने अनेत्रबाट ल्याउनुपर्ने बताइन्छ ।

    बृद्विम घरबासमा जाने पाहुँनालाई स्थानीय भेषभूषा, तामाङ सेलोको नाचगान र स्थानीय खानाले स्वागत गर्ने गरिएको छ । यसैगरी यहाँका उकाली ओराली, भञ्ज्याङ चौतारी, वन वनस्पति, झर्ना र पहाडजस्ता विविध सम्पदाले पाहुँनालाई आकर्षित बनाउने गर्दछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij