
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । समिट लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १३.५६% बोनस सेयर र कर प्रयोजनका लागि ०.७१% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र समिटको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij