
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरु पार्किङ हटाएको विरोधमा आन्दोलित भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले एकतर्फी पार्किङ हटाएपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।
आफ्ना पसलका सटरहरु बन्द गरेर व्यवसायीहरुले कालो ब्यानर राख्दै सडक प्रदर्शनमै उत्रेका हुन् । ट्राफिक प्रहरीसँग मिलेर महानगरले १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ ।
व्यवसायीहरुले पार्किङ नभएपछि सटरभाडा समेत उठाउन नसकेको भन्दै उक्त कदमको विरोध गर्दै आएका छन् । व्यवसायीरुले महानगरसँग वार्ता गर्ने भनेता पनि महानगरले बेवास्ता गरेको भन्दै आन्दोलमा उत्रेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij