Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

झलनाथ खनाल बंगलादेश प्रस्थान

झलनाथ खनाल बंगलादेश प्रस्थान

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन् । उनको सचिवालयका अनुसार ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानव अधिकारको अवस्था’ सम्मेलनमा अतिथिका रूपमा भाग लिन खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

    images
    images
    images

    विमान बंगलादेश एयरलाइन्सबाट बिहीबार मध्यान्ह १२:४० बजे बंगलादेशको राजधानी ढाका गएको उनको सचिवालयले जनाएको छ। उनको साथमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुहम्मद मियाँ, विदेश विभाग सचिव शंकर खतिवडालगायत पनि बंगलादेश गएका छन् ।

    शुक्रबार खनालले ढाकास्थित सर्वोच्च अदालतमा आयोजित 'मानव अधिकार सम्मेलन-२०२३' लाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । शुक्रबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग खनालले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij