
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजान राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ ।
आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै क्यानका क्रिकेट म्यानेजर विनोद दाशले पत्र पठाएको बताए ।
नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । सोही खेलका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij