
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् । सापकोटा पूर्व सभामुख एवम् माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन् ।
चीनको रेन्मिङ विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा उनले विद्यावारिधि गरेका थिए । उनी तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए ।
त्यसैगरी प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली नियुक्त भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij