
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारी मकवानपुरको हेटौँडा जानुभएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी सो ठाउँमा पुग्नुभएको जानकारी दिए ।
उद्घाटन समारोह हेटौँडा अस्पतालस्थित प्राङ्गणमा आयोजना गरिएको छ । केही समयपछि राष्ट्रपति भण्डारीले सो समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij