Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

काँधमा फुली दिँदै आइजी अर्यालको आदेश

काँधमा फुली दिँदै आइजी अर्यालको आदेश

  • काठमाडौं । सशस्त्र प्रहरी नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा भएकाले दर्ज्यानी चिह्न पाएका छन् । 

    images
    images
    images

    सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले तीन जना डिआइजीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । दर्ज्यानी चिह्न पाउने डिआइजीहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा छन‍् । चार जनामध्ये सुरेशकुमार श्रेष्ठ भने मिसनका लागि दक्षिण सुडानमा छन् । त्यसैले उनले फर्किएपछि दर्ज्यानी चिह्न पाउने छन् । फागुन ४ गते गृह मन्त्रीस्तरको निर्णयले चार जना एसएसपीलाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

    सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले भने, 'आर्थिक अनियमितता लगायतमा गल्ती गरे म माफ दिन्न ।'

    महानिरीक्षक अर्यालले बढुवा भएका डिआइजीलाई पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए । उनले भने, 'आर्थिक अनियमितता लगायतमा गल्ती गरे म माफ दिन्न।' 

    May be an image of 4 people and people standing

    May be an image of 3 people and people standing

    May be an image of 3 people, people standing and military uniform

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij