
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । फेदीखोला गाउँपालिका -१ नैखुमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीबाट मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका –१७ बेलघारी बस्ने ३३ वर्षीय हरि नेपाली रहेका छन् ।
कास्की पोखरा महानगरपालिका –१७ छोरेपाटनका देवप्रसाद सुवेदीको बारीमा सुन्तलाको बिरुवा रोप्नको लागि खाल्डो खनी पात पतिङ्गर जलाउने क्रममा नेपालीको आगोमा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij