काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ ।आज बिहान सभापति लामिछाने प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए ।
बालुवाटार स्राेतका अनुसार भेटमा समसामयिक राजनीतिका विविध विषयमा कुराकानी भएकाे छ ।