
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेका छन् । प्रसाईँले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैँले एमालेबाट अलग भएका हुन् ।
प्रसाईँले आजै काठमाडौँ आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईँलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । अहिले उनी पूर्व राजासँग नजिकिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij