
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
बैठक जसपाका अध्यक्ष उपेन्द्र यादवकाे कार्यकक्षमा बसिरहेको छ । बैठक बिहान ११ बजेदेखि बस्ने तय भएता पनि नेताहरु समयमा नआएका कारण बैठक ढिलो बसेको जसपाले जनाएको छ ।
बैठकमा विधान अधिवेशन, विभिन्न पार्टीसँग एकीकरणका लागि भइरहेको प्रयास, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij