Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

सांसद चन्द्र भण्डारीकी आमाको अन्त्यष्टि

सांसद चन्द्र भण्डारीकी आमाको अन्त्यष्टि

  • काठमाडौं । ग्यास लिकपछि भएको आगलागीबाट जलेर ज्यान गुमाएकी कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्त्यष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण, तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतका नेताहरूले भण्डारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।  

    AGNI GROUP

    सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । बिहीबार बिहान कीर्तिपुरस्थित बर्नर सेन्टरमा ८९ वर्षीया आमा हरिकलाको उपचारको क्रममा निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij