
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । ग्यास लिकपछि भएको आगलागीबाट जलेर ज्यान गुमाएकी कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्त्यष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण, तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतका नेताहरूले भण्डारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । बिहीबार बिहान कीर्तिपुरस्थित बर्नर सेन्टरमा ८९ वर्षीया आमा हरिकलाको उपचारको क्रममा निधन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij