Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचन, सत्ता सहकार्य र समसामयिक राजनीतिक विषयको सम्बन्धमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा खटपट देखिएको छ ।

    images
    images
    images

    जसका कारण अझैसम्म सत्ता साझेदार दलले राष्ट्रपतिको साझा उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् ।

    एमाले अध्यक्ष ओली राष्ट्रपति आफूहरूको हुने बताइरहेका छन् भने माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउनु पर्ने बताइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij