Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

टेस्ट क्रिकेटः जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो

टेस्ट क्रिकेटः जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो

  • क्राइस्टचर्च ।  पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ । 

    images
    images
    images

    टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी टोली सस्तोमै समेटिएको हो । तर पाकिस्तानका लागि अजहर अलिले धैर्यपूर्वक ब्याटिङ गर्दै ९३ रन बनाएका थिए । 

    पाकिस्तानका अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । पाकिस्तानका लागि अबिद अलिले २५, मोहम्मद रिजवानले ६१, फाहिम अस्राफले ३४ रन बनाएका थिए । 

    न्यूजील्यान्डका लागि टिम साउदीले २, ट्रेन्ट बाउल्टले २ तथा म्याट हेनरीले १ विकेट लिएका थिए । 

    अब दोस्रो दिन सोमबार न्यूजील्यान्डले ब्याटिङ शुरु गर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij