Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डलाई संसदबाट दबाब

गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डलाई संसदबाट दबाब

  • काठमाडौं । गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् । यातायात मजदुर र व्यावसायीहरुको आन्दोलनको क्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै सांसदहरूले गृहमन्त्री नियुक्तिको माग राखेका हुन् ।

    images
    images
    images

    राप्रपाका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले देशमा गृहमन्त्रालय रहेको तर गृहमन्त्री नभएको र प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरु मन्त्रालय किन बनाएको भन्दै गृहमन्त्री तत्काल नियुक्त गर्न समेत माग राखेका छन् ।

    काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति नेपाली कांग्रेसका सांसद प्रकाशशरण महत, रास्वपाका सांसद शिशिर खनाललगायतले पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा यस्ता घटनाहरु भएको जनाउँदै सांसदहरुले गृहमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij