
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेबाटै भए देश बर्बाद हुने दाबी गरेका छन् । आज (बुधबार) पोखरामा पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताएका हुन् । शक्ति सन्तुलनका हिसाबले पनि एमालेबाट राष्ट्रपति हुन नहुने उनको भनाइ थियो ।
राष्ट्रपतिमा सकेसम्म सबैको नसके अधिकांश दलको सहमति जुटाउन आफ्नो पार्टी लागिपर्ने उनले बताए । प्रतिनिधिसभाको सभामुख एमालेबाट, राष्ट्रियसभाको अध्यक्ष एमालेबाट भएकाले राष्ट्रपति अरू दलबाट हुनुपर्ने उनको धारणा छ ।
‘सभामुख एमालेको, राष्ट्रियसभा अध्यक्ष एमाले,’ उनले भने,‘राष्ट्रपति एमालेलाई दिए त बर्बाद नै हुन्छ नि !’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij