Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

महाभियोग टुंगो नलागे अर्को संसद्‍मा लैजान सांसदहरू सहमत

महाभियोग टुंगो नलागे अर्को संसद्‍मा लैजान सांसदहरू सहमत

  • काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा एउटा संसदमा नटुङ्गिएको महाअभियोग प्रस्ताव अर्को संसदमा लैजान सांसदहरूबीच सहमति जुटेको छ ।

    images
    images
    images

    आज मङ्गलवार सिंहदरवारमा बसेको समितिको बैठकमा सांसदहरू प्रतिनिधि सभाको कार्यकाल पाँच महिनाभन्दा कम भएर महाअभियोग टुङ्ग्याउन नसके चुनावपछि आउने संसद्ले स्विकार्नुपर्नेमा सहमत भएका हुन् । आजको छलफलमा संसदमा महाअभियोग लगिसकेको अवस्थामा टुङ्गोमा पुर्‍याउने व्यवस्था नियमावलीमा हुनुपर्ने सांसदहरूले माग गरेका थिए ।

    तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग अहिले पनि संसद् सचिवालयमा विचाराधीन छ । संसद्को कार्यकाल सकिएर नयाँ संसद् आएपछि महाअभियोग के हुने निश्चित छैन । नियमावलीमा स्पष्ट व्यवस्था भएपछि भने महाअभियोगबारे के हुने भन्ने विवाद अन्त्य हुनेछ ।

    त्यस्तै समितिमा राष्ट्रपति र उपराष्ट्रपतिलाई महाअभियोग लागेमा तीन महिनाभित्र तथा संवैधानिक प्रमुख वा सदस्यको महाभियोग प्रस्ताव पाँच महिनाभित्र टुङ्गो लगाउनुपर्नेमा पनि सहमति जुटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij