Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारबाही गर्न गृहको निर्देशन

लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारबाही गर्न गृहको निर्देशन

  • काठमाडौं । गृह मन्त्रालयले हिजो काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनको क्रममा लोत्से मलमा रहेको मोबाइल पसल तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरूलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सचिव विनोद प्रकाश सिंहले हिजो भएको घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलाई निर्देशन दिएका हुन् ।

    हिजो नयाँ बसपार्कको बुधमहल अगाडि यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलको मोबाइल पसलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरूले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए भने लोत्से र कान्तिपुर महलका सिसाहरू पनि तोडफोड गरेका थिए ।

    त्यस्तै प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको डीएसपी चढ्ने भ्यान, प्रहरी भ्यान जलाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij