Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भारतीय विदेश सचिवद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

भारतीय विदेश सचिवद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

  • काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज शिष्टाचार भेट गरेका छन् । क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको शुभकामना सन्देश राष्ट्रपति भण्डारीलाई सुनाएको भारतीय दूतावासले जनाएको छ ।

    images
    images
    images

    यसअघि उनले आजै परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेट गरे । नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय बैठकपछि क्वात्राले परराष्ट्र मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन् ।


    यसअघि सोमबार नै होटेल याक एन्ड यतीमा भएको परराष्ट्र सचिवस्तरीय बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको थियो । दुईदिने औपचारिक भ्रमणका क्रममा क्वात्रा सोमबार बिहान काठमाडौँ आएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij