Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

विमला वलीले त्यागिन् माओवादी

विमला वलीले त्यागिन् माओवादी

  • काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वराज्यमन्त्री विमला वलीले पार्टी त्यागेकी गरेकी वलीले विज्ञप्तिमा लेखेकी छन् ।न् । उनले गत माघ २४ गते पार्टी जिल्ला कमिटीमा राजीनामा बुझाएकी थिइन् ।

    images
    images
    images

    पार्टीले आफूलाई प्रयोग मात्र गरेपछि अपमान महसुस भएको भन्दै पार्टी छाडेको उनकाे विज्ञप्तिमा उल्लेख गरेकी छन् । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ७ कि वली तत्कालीन नेकपा हुँदा प्रदेशसभाको उपनिर्वाचनमा उनी विजयी भएकी थिइन् ।

    वलीकाे विज्ञप्तिमा लेखिएकाे छ ‘पार्टी विभाजन हुँदा मैले मुटुमा ढुंगा राखेर पनि माओवादी केन्द्रलाई सहयोग गरे । श्रीमानको योगदान एमालेमा हुँदाहुँदै माओवादी केन्द्रमा आउनु सानो प्रयत्न थिएन । तर, यसलाई मलाई राजनीतिक चेतना नभएको भन्ने विश्लेषण हुन गयो’, ।

    उनका श्रीमान उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनी विजयी भएकी थिइन् । नेकपा विभाजनपछि उनीले कहिले एमाले त कहिले माओवादी राजेकी थिइन् ।

    तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि उनी कूलप्रसाद केसी नेतृत्वको सरकार राज्यमन्त्री भएकी थिइन् । त्यो बेला वली विवादमा मुछिएपछि उनलाई मन्त्री पदबाट हटाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij