
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । बर्दियामा बीमाको रकम दाबी गर्न आफ्नै गाडीमा आगजनी गरेको आरोपमा चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका-२ गंगापटुवाका रामु चौधरी रहेका छन् ।
मधुबन नगरपालिका-०४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा चालक चौधरीले आफैंले आगजनी गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने भएपछि चौधरीले बीमाको रकम दाबी गर्ने मनसायले आगजनी गरेको खुलासा भएको जनाएको छ । माघ २९ गते उक्त गाडीलाई चालकले जंगल क्षेत्रमा पर्ने बसन्ता पुर्याएका थिए । त्यसपछि चालकले डिजल छर्केर आगजनी गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij