
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नेपाल आयल निगमले नायब प्रबन्ध निर्देशक पदमा निर्देशक वीरेन्द्र गोइतको बढुवा गरेको छ । बढुवाका लागि गोइतसँगै अर्का निर्देशक दीपक बरालको नाम पनि सिफारिस भएको थियो ।
तर, वरिष्ठताका आधारमा सञ्चालक समिति बैठकले गोइतको बढुवा गरेको निगमले जनाएको छ । गोइतले यसअघि निगमको थानकोट, भैरहवा, नेपालगन्ज, विराटनगरलगायतका डिपोमा प्रमुख भएर काम गरिसकेका छन् ।
उनलाई चाँडै बजार व्यवस्था विभागको नेतृत्व दिने तयारी भएको बताइएको छ । आयल निगममा गोइत २७ वर्षदेखि कार्यरत छन् । उनले केही समय प्रवक्ताको जिम्मेवारीसमेत बहन गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij