
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको आरोपमा रामेछापबाट एक जना युवक पक्राउ परेका छन् । प्रहरीले रामेछापको सुनापति गाउँपालिका–२ सिमपानी घर भएका २६ वर्षीय चेतबहादुर मगर भन्ने रबिन थापा मगरलाई पक्राउ गरेको हो ।
माघ २७ मा फलामे पोखरी सामुदायिक वनमा १४ वर्षीय बालिकालाई बलात्कार गरेर उनी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अनुसन्धानपछि खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनी पुलबाट उनलाई पक्राउ गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij