
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बास्कोटा चयन भएकी छिन् भने महासचिवमा रञ्जु दर्शनालाई चयन गरिएको छ । शनिबार पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।
८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको विवेकशील साझाले जनाएको छ । उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ ।
विवेकशीलको हिजोदेखि महाधिवेशन काठमाडौंमा जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij